ट्रेन विष्फोटमा ६२ को मृत्यु

679
views

पाकिस्तान । पाकिस्तानको कराची–रावलपिंडी तेजग्राम एक्सप्रेस ट्रेनमा विस्फोट भएको छ । पञ्जाब प्रान्तको दक्षिणमा रहेको रहीम यार खान इलाकामा भएको विस्फोटमा परि कम्तिमा ६२ जनाको ज्यान गएको छ ।

रेलवे अधिकारीका अनुसार खाना पकाउनका लागि प्रयोग गरिएको सिण्डिर ग्यास पड्किएको हो । घटनामा ३० जना भन्दा बढी घाइते भएका छन् । सिलिण्डर विस्फोटबाट रेलका २ वडा डिब्बा ध्वस्त भएका छन् ।

विजनेश क्लासमा भएको आगलागीका कारण कति यात्रुहरु भने हाम फालेर बाहिर निस्किएका थिए । घटनापछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दुःख व्यक्त गर्दै घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।