पीडित परिवारसँग कास्की प्रहरी

1201
views

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले केहीबर्ष अगाडी पोखरा महानगरपालिका वडा नं १५ बस्ने रमेश नेपालीले आफ्नै श्रीमती लक्ष्मी परियारलाई कर्तव्य गरी मारेको घटनाका पीडित परिवारसँग भेटघाट गरेको छ ।

प्रहरीले घटनाका पीडित, छोराछोरीहरु, परिवार तथा आफन्तलाई भेटघाट गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दान बहादुर कार्की समेतको टोलीले पीडित परिवारसँग भेटघाट तथा छलफल गरी बालबालिकाको शिक्षा, स्वास्थ्य, खानपानका विषयमा संरक्षकहरुसँग जानकारी लिएको हो ।

उक्त अवसरमा पीडित बालबालिकाको भविश्य तथा सर्बोत्तम हितको लागि जिल्ला प्रहरी कार्यालयले गरेको प्रयासको बारेमा समेत जानकारी दिइएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले नियमित रुपमा पीडित सम्पर्क कार्यक्रम अन्र्तगत पीडित परिवारसँग भेट्ने गरेको छ ।