महराको मुद्दामाथि थुनछेक बहस सुरु

602
views

काठमाडौं । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुब्र्यबहार गरेको आरोपमा जबरजस्ती करणी उद्योगको मुद्दा लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामाथि आजदेखि थुनछेक बहस सुरु हुँदैछ । गत शुक्रबार काठमाडौं जिल्ला अदालतमा बयान लिने क्रम सकिएसँगै आज थुनछेक बहस हुन लागेको हो ।

न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले करीब ७ घण्टा बयान लिएपछि आजका लागि बहस तय गरिएको हो । प्रहरीले दर्ता गरेको अभियोजन पत्र अनुसार महरामाथि जबर्जस्ती करणी उद्योगको मुद्दा सहितको फाइल सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालत पेश गरेको थियो ।

महरा गत असोज १९ गते बालुवाटारस्थित सभामुखको निवासबाट पक्राउ परेका थिए ।