स्वास्थ्य चौकीमा पाईदैन निःशुल्क औषधी

823
views

महेन्द्र जिसी
पर्वत, १७, कार्तिक । सरकारले स्वास्थ्य चौकीहरुमा पैंतिस प्रकारका औषधी निःशुल्क उपलब्ध गराउने घोषणा गरेपनि पर्वतका स्वास्थ्य चौकीहरुमा औषधी नै पाईदैन ।

स्थानीय तहमा सरकारले निःशुल्क औषधी उपलब्ध गराउने घोषणा गरेका औषधीहरु पुग्न नसकेपछि जनगुनासो बढेको छ । सबै प्रकारका औषधी उपलब्ध नभएपनि अत्यावश्यक औषधी भने विरामीलाई दिने गरिएको फलेवास नगरपालिका स्थित ठानामौला स्वास्थ्य चौकीले जानकारी दिएको छ ।

स्वास्थ्य चौकीमा तोकिएको औषधी उपलब्ध नभएपछि विरामीहरु आक्रोशित हुने गरेका छन् । निःशुल्क भनिएका औषधीहरु पाउनै मुस्किल भएको उनीहरुको भनाई छ ।

विगतमा जिल्ला स्वास्थ्य कार्यालयमार्फत औषधी वितरण हुँदा सहज भएपनि स्थानीय तहमा पुगेपछि औषधि ल्याउन नै झण्झट हुने गरेको स्वास्थ्य चौकीहरुको भनाइ छ । स्वास्थ्य चौकीहरुमा सिटामोल, डाइजिन लगायतका सामान्य औषधि मात्रै उपलब्ध हुने गरेका छन् । ग्यास्टिक, दम, रुघाखोकी, ज्वरो लगायतका रोगका औषधि भने प्राय उपलब्ध हुने गरेका छैनन् ।