सुनकोशी बस दुर्घटना : रिभर गाइडले जोगाए धेरै यात्रुको ज्यान

435
views

सिन्धुपाल्चोक, १८, कात्तिक । सुकुटे नजिकै सुनकोशीमा बस खसेको रिभर गाइडहरुले तत्काल गएपछि धेरैको ज्यान जोगिएको छ । बस दुर्घटना भएको खर आउनासाथ रयफटिङमा चढेर घटनास्थल पुगेका रिभर गाईडहरुले धमाधम यात्रु निकालेका थिए ।

पानीमा उत्तानो परेको बसभित्र रोइकराई गरिरहेका धेरै यात्रुहरुलाई रिभरगाइडले पूर्नजीवन दिएका छन । हालसम्म तीन महिनाको शिशुसहित १७ जनाको मृत्यु भएको छ ।

जसमध्ये आठजना एकै गाउँका परेका छन् आइतबार सिन्धुपाल्चोकको सुकुटे नजिकै सुनकोशीमा बस खसेको थियो । दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ को यात्रुबाहक बस खस्नुमा तिव्र गति मुख्य कारण रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

तिव्र गतिको बसले गति कम नगरी मोटरसाइकललाई साइड दिएर अगाडि बढ्न खोज्दा अनियन्त्रित भई खसेको प्रत्यक्षदर्शीको भनाई छ ।

चाडपर्व मानेर घर फर्किएका ७० यात्रुहरु लिएर हिडेको बस दुर्घटनामा चमेली श्रेष्ठ, रञ्जिता केसी बस्नेत, रोशन तामाङ, रत्नकुमारी साउत, किरण राउत, कविता राउत, सलिना तामाङ, चेतकुमारी बस्नेत, साया श्रेष्ठ, निखिल खड्का, दिलमाया, निर्मला खड्का, सलिना तामाङ, उरमाया तामाङले ज्यान गुमाएका छन । दुर्घटनामा परेका तीन बालकहरुको अझै सनाखत हुन बाँकी छ ।