अवकाशपछिको पहिलो अनशन बस्न डा.केसी डडेल्धुरा

461
views

काठमाडौं, १८, कार्तिक । अनशन बस्नका लागि चिकित्सा शिक्षा अभियन्ता डा.गोविन्द केसी डडेल्धुरा पुगेका छन्। आफूसँग भएको सम्झौता कार्यान्यन नभएको भन्दै डा.केसी फेरि अनशन बस्न लागेका हुन् । केसीले अनसन बस्नुअघि स्वास्थ्य परीक्षण गराएका छन् ।

आफ्ना शुभचिन्तकहरु मुलुकभर भएको उल्लेख गर्दै उनले यसपटक अनशनको लागि सुदूरपश्चिमको डडेलधुरा रोजेको बताए । यो उनको १७ औं अनशन हो । यस अघि डा.केसी काठमाडौं बाहिर जुम्ला र इलाम पुगेर अनशन बसिसकेका छन् ।

चिकित्सा शिक्षाका सुधारका लागि डा केसीले टिचिङ अस्पतालमै २०६९ साल असार २१ गते पहिलो अनशन शुरू गरेका थिए । गत असोज २७ गते उमेर हदका कारण टिचिङबाट अवकाश पाएपछिको यो पहिलो अनशन हो ।