पक्राउ परेका माओवादी कार्यकर्ता धरौटीमा रिहा

589
views

भरतपुर, १८ जेठ । गएको आइतबार राति भरतपुर १९ को मतगणनाको क्रममा विवाद भएर मतपत्र च्यातेको आरोपमा पक्राउ परेका माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण शिवाकोटीलाई चितवन जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
चितवन जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलको एकल इजलाशले आरोपित न्यौपाने र शिवाकोटीलाई १–१ लाख धरौटी लिएर रिहाई गर्न आदेश दिएको हो ।
भरतपुर घटनामा एमालेले माओवादी कार्यकर्ताले च्यातेको आरोप लगाउँदै आएको छ भने माओवादी र कांग्रेसले एमालेले मतपत्र च्यातेको भन्ने आरोप लगाएका छन् ।