लुंखु–हुवास सडक कालोपत्रे हुँदै

1150
views

पर्वत, २० कार्तिक । पर्वतको मध्य क्षेत्रका लागि लाइफलाइन मानिने लुखुं–हुवास सडक कालोपत्रे गर्न थालिएको छ । ग्रामिण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) पर्वतले टेण्डर आब्हान गरेको उक्त सडकको आज शिलन्यास गर्न लागिएको हो ।

उक्त सडकको आज राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लुंखुमा शिलन्यास गर्ने कार्यक्रम रहेको महाशिला गाउँपालिकाले जनाएको छ । लुंखु–हुवास सडकको १५ किलोमिटर खण्डमा कालोपत्रे गर्न लागिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बहुबर्षिय ठेक्का प्रकृया शुरु गर्न सहमति दिएपछि गत जेठमा आयोजनाले ठेक्काका लागि सुचना आब्हान गरेको थियो । उक्त सडक सञ्जालले महाशिला र पैयूँ गाँउपालिकाहुँदै दक्षिण पर्वतलाई सिधै सदरमुकाम कुश्मा बजारसँग जोडेको छ ।

कुश्मादेखि फलेवास सम्मको ६ दशमलब ७ किमी सडक कालोपत्रे भईसकेको छ भने लमायखोला देखि लुंखु सम्मको १३ किलोमिटर सडक कालोपत्रे गर्न काम भैरहेको छ ।

अब लुंखु देउराली देखि हुवास सडक खण्ड पनि कालोपत्रे हुने भएपछि कुश्मा देखि सुदुर दक्षिण पर्वतको हुवास लाई कालोपत्रे सडकले जोड्ने छ ।