मोटरसाईकल चोर्ने पक्राउ

692
views

नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटले मोटर साईकल चोरी गरी लैजादै गर्दा एकजनालार्य पक्राउ गरेको छ । मंगलबार मध्य रातको समयमा नुवाकोटको बिदुर नगरपालिका वडा नं–८ हात्तिगौडाबाट सोही वडाका सुमन घलेको घरको अगाडी पार्किङ गरि राखेको मोटर साईकल चोरी भएको थियो ।

बा ८५ प ५२४३ नं. को २२० सि.सि.को पल्सर मोटरसाईकल चोरी गरि लैजादै गर्दा नगर प्रहरी कार्यालय कोलनी र प्रहरी चौकी सामरी नुवाकोटबाट खटिएको प्रहरी टोलीले पक्राउन गरेको हो ।

प्रहरीले नुवाकोट जिल्ला बिदुर नगरपालिका–१३ हुलाकघरबाट धादिङ नेत्रावती गाउँपालिका वडा नं ५ बस्ने २० बर्षिय सागर लामा तामाङलाई प्रहरीले मोटर साइइकल सहित नियन्त्रणमा लिएको नुवाकोट प्रहरीले जनाएको छ ।