इन्सपेक्टर थापाको निधन

547
views

जुम्ला । ड्युटी सकेर सुते पछि बेहोस भएका इन्सपेक्टर अभिशेक थापाको उपचारका क्रममा निधन भएको छ । शस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लामा कार्यरत थापा मंगलबार साँझसम्म ड्युटी गरेर खाना खाएर सुतेका थापा बिहान एक्कासि बेहोस भएपछि उपचारका क्रममा निधन भएको हो। सशस्त्र प्रहरी निरीक्षक थापा दैलेख जिल्ला नारायणी नगरपालिका–८ निवासी हुन ।

मंगलबार राम्रोसँग ड्युटी भ्याएर खाना खाएर सकुशल सुतेका थिए। बुधबार बिहान एक्कासि बेहोस भएको थाहा पाएपछि उपचार गर्न लगेका हौँ । तर बचाउन सफल भएनौँ’, एसपी न्यौपानेले भने, ‘डाक्टरका अनुसार हृदयाघातका कारण निधन भएको आशंका छ ।’

अब परिवारसँग खबर गरेर गाडी वा अन्य सवारीसाधनमा उनकै जिल्ला पठाएर कानुनी प्रक्रियाअनुसार दाहसंस्कार गरिने पनि एसपी न्यौपानेले बताए । मृतक थापा एक वर्षदेखि जुम्लामा बसेर सेवा गर्दै आएका थिए ।