च्याम्पियन्स ट्रफीमा तामिम इकबलद्वारा शतक

356
views

काठमाडौँ, १८ जेठ । च्याम्पियन्स ट्रफी क्रिकेटमा इङल्यान्ड र बङ्लादेश भिडिरहेका छन् । इङल्यान्डको ओभल स्टेडियममा भएको उद्घाटन खेलमा बङ्गलादेशले ताजा अवस्थामा ३९.१ओभरको समाप्तिमा २ विकेट गुमाउदै २१५रन बनाएर खेलिरहेको छ ।

यसै गरि बंगलादेशका तामिम इकबलले शतक पुरा गरेका छन उनले १२४ बल खेल्दै १०० रन बनाएका हुन् । क्रिजमा इकबललाई मुस्फिकर रहिमले साथ दिएका छन् । रहिमले ६२ रन बनाएर खेलिरहेका छन् ।