कम्बोडियका विपक्षी नेता केम रिहा

1776
views

कम्बोडियाका विपक्षी नेता केम सोखा दुई वर्षभन्दा लामो नजरबन्दबाट रिहा भएका छन् । त्यहाँको अदालतले उनलाई रिहा गरे पनि राजनीतिक संलग्नता र विदेश यात्रामा उनी प्रतिबन्धित नै छन् ।

अर्का विपक्षी नेता साम रेन्सी स्वनिर्वासनबाट मुक्त भएको भोलिपल्टै केममाथि यस्तो फैसला भएको हो । देशद्रोहको आरोपमा केमलाई २०१७ देखि नै यहाँको सरकारले नजरबन्दमा राखेको थियो । केम कम्बोडियाको ‘नेश्नल रेस्क्यु पार्टी’का संस्थापक समेत हुन् ।