दैलेखका चार स्थानमा चिनिया प्राविधिक टोली

1127
views

जितेन्द्र थापा
कार्तिक, २५, सुर्खेत । चिनियाँ प्राविधिक टोलीले पेट्रोलियम पदार्थको अन्वेषणका लागि दैलेखका चार स्थानमा सर्भे सुरु गरेको छ । दैलेखमा पेट्रोलियम भण्डारणको सम्भावना रहेको जनाउदै सर्भे थालेको हो । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार, चिनियाँ प्राविधिक टोलीले अन्वेषण गरिरहेको छ ।

अहिले दैलेख सदरमुकामको चारैतर्फका अग्ला र होचा स्थानमा सर्भे सुरु गरेको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत गणेशनाथ त्रिपाठीले बताउनुभयो । विभिन्न भूभागमा ड्रिलिङ र माटो परीक्षण पनि चलिरहेको जनाएको छ ।

दैलेखका तीन हजारभन्दा बढी स्थानमा ड्रिलिङ गरिने भएको छ । अहिले चिनियाँ प्राविधिक टोलीले दैनिक १५ स्थानमा काम गरिरहेको जनाएको छ ।

खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत त्रिपाठीका अनुसार, भू–सतहभन्दा तल पेट्रोलियम पदार्थ भएकाले अहिले ‘साइटिफिक सर्भे’का चलिरहेको छ । ‘चारवटा विषयगत अध्ययनको काम प्रारम्भ गरिएको छ ।

जमिनमुनिको संरचना पत्ता लगाउने तयारी पूरा भएको उहाँले जानकारी दिनुभयो । अन्वेषणका लागि आवश्यक पर्ने सामानसँगै चीनको अन्वेषण टोली र अन्य कामदारका लागि क्याम्प पनि निर्माण गरिएको छ । अन्वेषणमा संलग्न चिनियाँ टोलीलाई सघाउने ८७ कामदार पनि खटिएका छन् ।