दशौँ पोखरा महोत्सवका लागि ३९ वटा उपसमिति गठन

728
views

गिता राना मगर
पोखरा । युनाईटेड क्लवको आयोजनामा हुने पोखरा महोत्सव २०७६ लाई भब्यताका साथ सम्पन्न गर्नका लागि विभिन्न ३९ वटा उपसमितिहरु गठन गरिएको छ । आगामी पुष २९ देखी माघ १२ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने दशाँै संस्करणको महोत्सव सम्पन्न गर्न महोत्सव आयोजक युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङको मुल आयोजक समिति संयोजक रहने गरी विभिन्न ३९ वटा उपसमितिहरु गठन गरिएको हो ।

महोत्सव सफल पार्नका लागी कार्य सम्पादन उपसमिति संयोजकमा सुक बहादुर गुरुङ, अतिथी ब्यवस्थापन उपसमिति संयोजकमा हिमालय बख्रेल, सांस्कृतीक ब्यवस्थापन उपसमितिमा राजु श्रेष्ठ, सचिवालय ब्यवस्थापन उपसमिति संयोजकमा लोक बहादुर थापा, प्रचार प्रसार उपसमिति संयोजकमा शान्त बहादुर थापा, अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजकमा गणेश तिमिल्सिना, सुरक्षा ब्यवस्थापन उपसमिति संयोजकमा सूर्य बहादुर बानिया, अतिथी सत्कार उपसमितिमा निर्मला लामिछाने, टिकट ब्यवस्थापन उपसमितिमा दिनेश सुनार, पर्यटन ब्यवस्थापन उपसमितिमा पूर्णकला पोख्रेल, संघ सस्था समन्वय उपसमितिमा सिमा गुरुङ, बाल उद्यान उपसमितिमा सन्तोष कार्की, मायाको चिनो ब्यवस्थापन उपसमितिमा जयराम आचार्य, प्रकाशन तथा मुद्रण उपसमितिमा दिवानी सुवेदी, ब्यानर ब्यवस्थापन उपसमितिमा पूर्ण श्रेष्ठ, स्वयंसेवक परिचालन उपसमितिमा विष्णु कुमार गुरुङलाई चयन गरिएको छ ।

त्यसैगरी मूलद्धार व्यवस्थापन उपसमितिमा कृष्ण बहादुर थापा मगर, मुल्यांकन उपसमितिमा क्याप्टेन फत्ते बहादुर गुरुङ, अनुगमन उपसमितिमा सम्मर बहादुर श्रेष्ठ, विद्यालय समन्वय उपसमितिमा राजेन्द्र बहादुर थापा, प्रायोजक ब्यवस्थापनमा लिला बहादुर जि.सी., मञ्च तथा साउण्ड सिस्टम ब्यवस्थापन उपसमितिमा शिव थापा, खाना, खाजा ब्यवस्थापन उपसमितिमा भिम गुरुङ र अम्बर खतिवडा, हस्तकला उपमितिमा सावित्री थापा, महिला तथा आमा समुह परिचालन उपसमितिमा शान्ति सुवेदी, पार्किङ ब्यवस्थापन उपसमितिमा उमेश थापा मगर, बिमा ब्यवस्थापन उपसमितिमा चन्द्रा पराजुली, झांकी र्याली ब्यवस्थापन उपसमितिमा पवित्र देवी गुरुङ, यातायात ब्यवस्थापन उपसमितिमा राम नारायण श्रेष्ठ, खानेपानी ब्यवस्थापन उपसमितिमा विजय कार्की, विद्युत ब्यवस्थापन उपसमितिमा हरि श्रेष्ठ, प्राथमिक उपचार उपसमितिमा नरहरि पनेरु, स्मारक निर्माण उपसमितिमा सिद्धि कुमार श्रेष्ठ, ट्राफिक ब्यवस्थापन उपसमितिमा राम बहादुर थापा मगर, सरसफाई ब्यवस्थापन उपसमितीमा श्याम कृष्ण श्रेष्ठ, पृष्ठपोषण उपसमितिमा रिम बहादुर श्रेत्री, फोटो तथा भिडियोग्राफी उपसमितिमा नविन श्रेष्ठ, कार्यालय सचिवमा युनिशा परियार र मिडिया को अर्डिनेटरमा गिता राना मगर रहेका छन ।

महोत्सवको सल्लाहकारहरुमा विश्व प्रकाश लामिछाने, सेती थापा, शुशिलराज पराजुली, रमेश बहादुर कार्की, लिलाधर अधिकारी, प्रेमछिरी शेर्पा, मेजर हितमान गुरुङ, अधिवक्ता बिमल बहादुर भण्डारी क्षेत्री, पोखरा महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष राम बहादुर कार्की, वडा नम्बर १० का अध्यक्ष राजकुमार गुरुङ, वडा नम्बर २४ का अध्यक्ष ओम सुवेदी, वडा नम्बर ३१ का अध्यक्ष कमल बहादुर थापा, वडा नम्बर १३ का अध्यक्ष दर्शन लामा (लेख बहादुर तामाङ), वडा नम्बर १५ का अध्यक्ष प्रकाश पौडेल, वडा नम्बर १४ का अध्यक्ष प्रेम बहादुर कार्की, वडा नम्बर ११ का अध्यक्ष मोहन बास्तोला, शंकरनाथ पौडेल, शिव बहादुर वराल, गोविन्द घिमिरे, तेज बहादुर गुरुङ, कृष्ण बहादुर थापा, रिसभ देव बास्तोला, राजेन्द्र बहादुर कार्की, दान बहादुर गुरुङ, भरत केसी, निलकण्ठ पोखरेल (निश्चल), गोपाल गुरुङ, दया बराल, कृष्ण कुमारी थापा र गोमा पौडेल रहेका छन ।