कलेजोको समस्याबाट पीडित वरिष्ठ गीतकार कुसुम गजमेरको निधन

1141
views

काठमाडौँ, १८ जेठ, । कलेजोको समस्याबाट पीडित नेपाली गतिलेखनको क्षेत्रमा विशिष्ठ योगदान पुर्याएकी वरिष्ठ गीतकार कुसुम गजमेरको निधन भएको छ । भारतको मुम्बईमा उपचाररत गजमेरको बिहिबार बिहान निधन भएको हो । वि.सं. २००२ सालमा जन्मीएकी गजमेरले नेपाली सगंीतको क्षेत्रमा विशेष योगदान पुर्याएकी छन् ।
गजमेरका गीतहरु मोहनी लाग्ला है, रेली खोला बगर, वीरताको चिनो वीरको सन्तान, चियाबारीमा, माया के होला लगायतका गीतहरु निकै चर्चित छन् । एक दर्जन भन्दा धेरै नेपाली सिनेमाहरुमा उनका गीतहरु समावेश छन् ।