नवीन कलाश्री पुरस्कार मानन्धरलाई

804
views

कमल पौडेल अथक
पोखरा । कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठान पोखराद्धारा स्थापित नवीन कलाश्री पुरस्कार २०७६ बरिष्ठ कलाकार किरण मानन्धर काठमाण्डौलाई प्रदान गरिने भएको छ ।

प्रतिभा छानौट समितिको बैठकले सो निर्णय गरेको हो । सो पुरस्कारको राशी रु ५० हजार, दोसल्ला र ताम्रपत्र रहेको छ । पुरस्कार आउँदो मंसिर १ गते नेपाल आर्ट काउन्सिल बबरमहल काठमाण्डौमा आयोजना हुने विशेष समारोहमा मानन्धरलाई प्रदान गरिने प्रतिष्ठानका सचिव कमल पौडेल अथकले जानकारी दिएका छन् ।

प्रतिभा छनोट समितिका संयोजक गोपाल श्रेष्ठको संयोजकत्वमा सदस्य झपिन्द्र गुरुङ, हेमकान्ति गुरुङ र पदेन सदस्यको रुपमा अध्यक्ष लोकप्रसाद गुरुङ र सचिव कमल पौडेल अथक रहेका थिए । सो कार्यक्रमको प्रमुख अतिथि संस्कृतिविद्ध सत्यमोहन जोशी रहेको प्रतिष्ठानले जनाएको छ ।

सो पुरस्कार कला क्षेत्रमा लागेका कलाकारहरुलाई प्रत्येक २ वर्षमा प्रदान गरिने सचिव कमल पौडेल अथकले जानकारी दिएका छन् ।