बाल शिक्षकलाई तीन महिने मण्टेश्वरी तालिम

2204
views

महेन्द्र जिसी
पर्वत, २५ कार्तिक । बालबालिकाहरुलाई उनिहरुको भावना र चाहाना अनुसार शिक्षामा अग्रसर गराउन शिक्षकहरुलाई मण्टेश्वरी तालिम दिइएको छ । व्यसायीक तथा सीप विकास तालिम केन्द्र पर्वतले वाल शिक्षकहरुलाई तीन महिने तालिम सञ्चालन गरिएको हो ।

उमेर अनुसारको खेल खेलाएर, गित गाएर या नचाएर शिक्षा दिक्षा दिलाउने उद्वेश्यले तालिमको आयोजना गरीएको हो । पाठयक्रममा नभएका कारण तालिमले शिक्षक शिक्षिकाहरुलाई वालवालिकाको भावना बुझेर शिक्षा दिलाउने अभ्यासका लागि तालिमको आयोजना गरीएको हो । विशेष गरी मण्टेश्वरी उमेरका बालवालिकाहरुलाई उनिहरुको क्षेमता अनुसारको कक्षाहरु सञ्चालन गरेर बालबालिकाहरुको श्रवाङ्गीण विकासको लागि तालिम उपयोगी बनेको हो ।

व्यसायीक तथा सीप विकास तालिम केन्द्र पर्वत तालिम केन्द्र प्रमुख डम्बर जिसीले शिक्षा विषय लिएर अध्यायन गरीरहेका युवाहरुलाई रोजगारको लागि तालिमले रोजगार पाउन सहज हुने बताउनु भयो । ज्ञान भएर पनि आवश्यक दक्षताको अभावमा शैक्षीक वेरोजगार बढीरहेको वेला तालिम उपयोगी बन्ने जिसीको ठम्याई छ ।

व्यसायीक तथा सीप विकास तालिम केन्द्र पर्वत पहीलो चरणमा सञ्चालनमा रहेको तालिममा २० जनाको सहभागिता रहेको छ । विषेश गरी निजी शैक्षीक संस्थाले एक्पेरीयन्स माग गर्दा तालिम पश्चात आँफुहरुलाई सक्षमताको विकास भएको प्रशिक्षार्थीहरु बताउँछन ।

वालवालिकाहरुलाई उनिहरुको उमेर अनुसारको पाठयक्रम तयार पारेर अध्यापन गराउँदा वालवालिकाहरुले कक्षामा आउन गाह्रो नमान्ने र रमाईलो कक्षाको रुपमा पनि कक्षाहरु विकास गराउन सहज हुने भएको हुँदा तालिम फलदायी भएको संस्थागत विद्यालयका सञ्चालकहरुको भनाई रहको हो । तालिमका प्रशिक्षक सोनी तामाङले विगतको शिक्षा प्रणाली शिक्षक केन्द्रीत भएको हुँदा कक्षा विद्यार्थी सकृय नहुने गरेकोमा तालिमले वालवालिकाहरुको सहभागितामा पाठ्यक्र तयार पारेर वालवालिकहरुलाई व्यहारगत शिक्षा दिलाउन तालिम उपयोगि हुने बताउनु भयो ।

तीन महीनासम्म सञ्चालनमा रहने तालिममा संस्थागत विदालयका वाल शिक्षक र शिक्षा संकाय अध्यपन गरीरहेका विद्यार्थीहरुको सहभागिता रहेको छ । कार्यलयको स्वोरोजगार उत्पादनको लागि विनीयोजीत ४ लाख रुपैयाँ बजेट मार्फत तालिम सञ्चालन गरीएको हो ।