नवलपुरमा कार्यकर्ता नचिनि समात्ने प्रहरीलाई नै कार्वाही गर्न स्थानीयको माग

131
views

कावासोती, २५, कार्तिक । विप्लव नेकपा छाडेर नेकपा (क्रान्तिकारी माओवादी) मा प्रवेश गरेका अनिल परियारलाई आइतबार साँझदेखि प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीयले विरोध गरेका छन् ।

नेकपा क्रान्तिकारी माओवादी नवलपुरका जिल्ला सेक्रेटरी उत्तम थापाका अनुसार अनिललाई आइतबार प्रहरीले काम छ भनि कार्यालयमा बोलाइ रातभर प्रहरी नियन्त्रणमा लिएपछि स्थानीयले नेता कार्यकर्ता नचिन्ने प्रहरीलाई कार्वाहीको माग समेत गरेका छन ।

थापाका अनुसार आइतबार प्रमुख जिल्ला अधिकारी विष्णु कार्की सम्पर्कमा नभएको कारण देखाउँदै आइतबार रातभर प्रहरी नियन्त्रणमा राखिएको हो ।

अनिल लगायतका विप्लवका दर्जन बढी कार्यकर्ता नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश गरेका थिए । उनीहरुले आवश्यक कागजात र पार्टी छाडेको र पार्टी प्रवेशको कागजात सहित जिल्ला अदालतमा पेश गरेर साधारण तारेखमा रिहा गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले आफूले माथिको आदेश अनुसार नियन्त्रणमा लिएको र उनको पुरानो मुद्दा रहे नरहेको सोधपुछ र छानविन गरेपछि मात्र माथिको आदेशमा छाडिने बताए ।