धौलागिरीका महत्वपूर्ण तीर्थस्थलमा शतबिज छर्न भक्तजनको घुइँचो

680
views

पर्वत, ९, मंसिर । धौलागिरीका पर्वत, बाग्लुङ, म्याग्दीका महत्वपूर्ण तीर्थस्थलमा सोमबार बालाचतुर्दशीको अवसरमा शतबीज छर्न झक्तजनको घुइँचो लागेको छ । विहानै देखि म्याग्दीको गलेश्वर, बाग्लुङको पञ्चकोट, पर्वत, कास्की र स्याङ्जाको संगमस्थल पञ्चासे र सेतीवेर्ण महाशिला तिर्थ स्थलहरुमा सदबिज छर्ने भक्तजनको घुईचो लागेको हो ।

भजनकिर्तन सहित आएका भक्तजनहरुले तिर्थस्थलहरुमा सतबिज छरेका हुन । म्याग्दी, पर्वत, वागलुङ, पोखरा, काठमाण्डौ र अन्य जिल्लाहरुबाट समेत भक्तजनहरु आएका छन् ।

द्वापरयुगमा सतीदेवीको गला पतन भएको मानिने गलेश्वरमा सतबिज छर्न हजारौं भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिए ।

कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोलगायत सात थरीका बिउ छर्ने प्रचलन छ ।

यसैगरी शतबीजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला जस्ता फलका साथै विभिन्न किसिमका फूल मिश्रण गरिन्छ ।