बाँकेबाट क्रान्तिकारी माओवादीका १३ जना पक्राउ

599
views

नेपालगञ्ज, १२, मंसिर । सिमा अतिक्रमण तथा उपनिर्वाचन बहिष्कारको शान्तिपूर्ण कार्यक्रम गरिरहेको नेकपा (क्रान्तिकारी माओवादी) को क्रान्तिकारी संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले गरेको कार्यक्रम स्थल बाँकेबाट प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको छ ।

सीमा अतिक्रमण र उपनिर्वाचन बहिस्कारको विषयमा गरिएको कोणसभामा प्रहरीले हस्तक्षेप गरी देजमोका नेता कार्यकर्तालाई गिरफ्तार गरेको हो । बाँकेको कोहलपुर–६, रजनामा भएको कोणसभामाथि हस्तक्षेप गरी प्रहरीले नेकपा (क्रान्तिकारी माओवादी) का वैकल्पिक पीवीएम भुपेन्द्र न्यौपानेसहित, केस तेजविक्रम शाही लगायत १३ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको हो ।

प्रहरीले उनीहरुलाई नेपालगञ्ज प्रहरी कार्यालयतर्फ लगेको कार्यक्रमस्थलबाट देजमोकी केन्द्रीय सदस्य लक्ष्मी चौलागाईले जानकारी दिइन् । उनका अनुसार गिरफ्तार गरिएका अन्य नेता कार्यकर्ताहरुमा देजमो बाँकेका अध्यक्ष सुरेश ओली, प्रेम थापा, पार्टीका बर्दिया सेक्रेटरी विपिन रोकाय, हृदेव शाही, धुमबहादुर सिंहलगायत रहेका छन् ।

कार्यक्रम स्थलमा भएको प्रहरी दमनका विरुद्ध कोणसभामा उपस्थित नेता कार्यकर्ता तथा जनसमुदायले नाराबाजी समेत गरेका थिए ।