गिरफ्तारीको विरोधमा सुर्खेतमा देजमोको प्रदर्शन

571
views

सुर्खेत, १२ मंसिर । सुर्खेतमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका कार्यकर्ताले गिरफ्तारीको विरोधमा प्रर्दशन गरेका छन । शान्तिपुर्ण चुनाव बहिस्कार कार्यक्रममा भईरहेको कोण सभास्थलबाट प्रहरीले हस्तक्षेप गरीएका नेकपा (क्रान्तिकारी माओवादी) संवद्ध नेताहरुको रिहाईको माग गर्दै स्थानीय सहितको सहभागितामा प्रर्दशन गरेका हुन् ।

प्रर्दशनकारीले सल्यानको कुमाख मालिका गाउपालिका–५ बाट पक्राउ परेका नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध क्रान्तिकारी संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सचिवालय सदस्य चक्रपाणि शर्मा, दिपक शाही, क्रान्तिकारी माओवादी सल्यानका जिल्ला सचिव चक्र शाह लगायतका नेता कार्यकर्तालाई विना शर्त रिहकाई नगरे कडा संघर्ष गर्ने चेतावनी दिएका छन ।

उनीहरुले अपराधीलाई झैं हातमा हत्कडी लगाएको विरोधमा क्रान्तिकारी माओवादी र देजमो, नेपाल कर्णाली प्रदेशले सुर्खेतमा संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन ।

सुर्खेतको विरेन्द्रनगरको विरेन्द्र चोकमा आयोजित विरोधसभालाई पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका सचिव कृष्ण गुरुङले शान्तिपूर्ण रुपमा उपनिर्वाचन बहिस्कारको कार्यक्रममाथि दमन गरेर सरकार फाँसिवादी शैली उत्रिएको बताए । उनले गिरफ्तार गरिएका नेता कार्यकर्ताहरुको विनाशर्त अविलम्ब रिहाईको माग गरे ।

कोण सभाका मोर्चाका केन्द्रीय सदस्य विरेन्द्र सिंहले सरकारको निरंकुश एवम् फासिवादी चरित्रको विरोध गर्दै गिरफ्तार गरिएका नेताहरुको तत्काल रिहाइको माग गरे ।