व्यवस्थापनमा मात खादै गरेको साग

52
views

–बद्रि भट्टराई
पहिलो प्रसंगः १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता मंसिर ११ बाट सुरुवात भएको छ । औपचारीक रुपमा आगामी १५ गते बाट शुरुवात हुने प्रतियोगिता सम्पूर्ण तयारी सम्पन्न भइसकेको बताइएको छ । खेल स्थल र खेलसमाग्री बाहेकका सबै तयारीहरु सम्पन्न भएका छन । यसप्रकार अगाडी बढेको साग गेमको औचित्य, यसले नेपालको वर्तमान खेलअवस्थाका बारेमा छिमेकीहरुले कसरी बुझ्लान यो आफैमा गम्भिर प्रश्न रहेको छ । साथै फास्ट ट्रयाकका नाममा यस भित्र भइरहेको आर्थिक विषयहरुका बारेमा साग पछि चर्चा गर्नु उपयुक्त होला । किनकी साग प्रतियोगिता न सदस्यसचिवको मात्र हो, न ओलम्पिक अध्यक्षको मात्र हो, यो त समग्र खेल, खेलाडी र खेल शुभेच्छुकहरुको पनि हो ।

राष्ट्रको प्रतिष्ठा कसैको व्यक्तिगत विर्ता हुदैन । साथै कसैले पदिय दम्भमा राष्ट्रियता माथी हेलचेक्राई पनि गर्नु हुदैन । सागको मिति तिन पटक सारियो । नेतृत्व तहमा जिवनराम श्रेष्ठज्यू र नेकपा नेतृत्व नै चर्चामा रह्यो । यो राजनैतिक पुर्वाग्रहको आरोप होइन ! सत्यता हो । राजनैतिक नेतृत्वले पाएको अवसर सदुपयोग गर्न नसक्नुलाई केबल चाकडी भाषामा राम्रो छ हजुर भन्नु सबैको स्वभाव नहुन सक्छ । १२ औं सागको समापन पश्चात झण्डा बोकेर नेपाल आएका परिषद सदस्यसचिव र ओलम्पिक अध्यक्ष सहितको सरकारको कामकारवाहीमा भएको लापरवाहीलाई वाह भन्न सकिदैन । कुनैपनि हालतमा सकिदैन । व्यवस्थापकीय कमजोरीका अनेकन पक्षहरुलाई भुल्न खोजे पनि केहि गम्भिर विषयहरुमा भने अझै पनि सुधार गर्न सकिन्छ । सागमा सार्क राष्ट्रहरुको खेल सहभागीताको विषयहरुलाई पनि छोडौ, साग खेलको प्रचारप्रसारको न्युनतम प्रयासलाई पनि तर्क विर्तक नगरौ ।

साग खेलका अवसरमा सागका हस्ती तथा रेर्कड होल्डर खेलाडी तथा प्रशिक्षकहरुको योगदानलाई प्रचारसमाग्रीमा समावेश नगरेको कुराहरु पनि छोडौ, समयक्रममा यस विषयहरुमा पनि चर्चा परिचर्चा पक्का होला । अब विगतमा खेल नेतृत्वकर्ताहरुले भनेझै साग “जसरी पनि हुन्छ” परिषद सदस्यसचिव रमेश सिलवाल र ओलम्पिक अध्यक्ष जिवनराम श्रेष्ठको जित भएको छ । नेपाली खेलकुदले जित्दैछ वा हार्दैछ, यसको समिक्षा गरौला तर उहाँहरुले भने झैं साग जसरी पनि अगाडी बढेको छ । अब साग भयो ! हुदैछ ! हुनेछ । नेतृत्वलाई आवश्यक परेको समयमा साथ दिनु र नेतृत्वलाई सहि समयमा कर्तव्यप्रति सचेत गराउनु पनि एक खेलकर्मीको धर्म हो । तर्सथ लेखकले साग “जसरी पनि हुन्छ” भन्ने शब्द र त्यस भित्र लुकेको द्धन्द्धका केहि अगाडी नै आजको दिनको संकेत गरेको थियो । अवस्था त्यो भन्दा जटिल छ ! तर साग भयो ! हुन्छ ! जसरी पनि सकिन्छ ।

दोस्रो प्रसंगः व्यस्थापनमा चुकेका छौ, उठ्ने ठाँउ बाँकी नै छ । व्यवस्थापकिय कमजोरीलाई एक समान्य अवगुण मानौ । नेपाली खेलकुदका मसिहाहरु भनिने व्यक्तित्वहरुले बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुलाई सबै छोडेर प्रधानमन्त्रीको विशेष प्याकेज घोषणा भनेर काठमाडौ बोलाउनु अनि स्वास्थ कारण उपस्थित हुन नसक्नु भएका प्रधानमन्त्री नै देखाएर हात्ती आयो हात्ती आयो फुस्सा भन्दै हिड्नु आफैमा लज्जाजनक विषय हो । साग सुरुवातको ५ दिन अगाडी ३ दिनको प्रशिक्षण प्रभावित हुने गरेर बन्द प्रशिक्षणका खेलाडीहरुलाई काठमाडौं ल्याउने कुरामा प्राविधिक विज्ञहरुले मौनता राख्नु चाकडी र डर बाहेक केहि हुन सक्दैन । (अपवाद केहि विज्ञहरुको आफ्नो फरक धारणाको सम्मान गर्दछु । सोहि कार्यक्रममा प्रधानमन्त्रीज्यू हस्पिटलाईज हुनु भएको जग जाहेर छ । यसलाई नै हात्ति आयो हात्ति आयो फुस्सा भन्दै हिड्नु पनि सहि होइन । तर खेलकुद मन्त्री, अर्थमन्त्रि , ओलम्पिक कमिटि, परिषद बोर्ड, सबै एकै ठाँउमा रहदा पनि सामान्य घोषणा हुन नसक्नुको अर्थ हो खेलकुदमा सिलवाल सर प्रधानमन्त्री बाहेक अरु संग छलफल गर्न खोज्दैनन वा खेलकुद मन्त्री र खेलकुद सचिवज्यू संग परामर्श नै गर्न चाहेनन, यो कमजोर हो । समय छ सुर्धान सकिन्छ ।

अब कुरा गरौ !
स्वर्णका लागि लड्न हिडेका सिपाहीहरुलाई हामीले समयमा नै उच्च स्तरको युद्ध समाग्री दिन सकेनौ । तालिम पनि हामी सोचे अनुरुपको अब्बल हुन सकेनौ । अभावका विच अनि दवावका विच युद्ध जित्न हिडेका खेलाडीहरुका बारेमा सागको ३ दिन अगाडी सम्म कुनै योजनाहरुको घोषणा हुन नसक्नुलाई सरकारको कमजोरी मान्न सकिन्छ, यसमा परिषदको मौनता किन ? सिपाहीलाई तिर्खाने र बलियो पार्ने प्रशिक्षकहका सवालमा मौनता किन ? यो मौनतालाई एकाध घण्टामा तोड्न सक्ने साहस खेलकुद नेतृत्वले लिनु पर्दछ । खेलकुदको वर्तमान अवस्था र अनावश्यक राजनैतिक पूर्वाग्रहका कारण निजि क्षेत्रहरु खेलकुदमा आउन चाहिरहेका छैनन । व्यक्तिगत सहयोग र एकाध संघसंस्थाहरुको सहयोगका विचमा खेलाडीहरुले न्युनतम सुविधाहरु पाइरहेका छन । यस्तो समयमा सदस्य सचिवज्यूले भन्नुभएको छ, “यस्ता साना साना कुराहरुमा खुसी हुन छोड्नुहोस” उनको यो भनाईले कसरी बुझ्ने आफ्नो आफ्नो तर्क हुन्छ तर खेलाडी र खेलकर्मी अनि खेलसंस्थाहरुलाइ व्यक्तिगत र सस्थागत सहयोग गर्नेहरुलाई निरुत्साहित गर्ने, अनि जे सकेको गर्नेहरुलाई सानोतिनो भनेर अपमान गर्ने अधिकार चाँहि उहालाई हुन्न, सच्चिनुहोस ! दोस्रो अर्थमा निकै ठुलो उपहारहरु दिने तयारीमा सदस्यसचिवज्यू हुनुहुन्छ भने (कृतज्ञता) !

यसपटक सागमा स्वर्ण , रजत र कास्य जित्ने खेलाडी तथा प्रशिक्षकहरुलाई अनि सर्वा्धिक पदक ल्याउने खेल संघहरुलाई भविष्यमा अझै शसक्त बनाउन के कस्ता योजनाहरु दिने भन्ने विषयमा पनि ठोस निर्णय आउन नसक्नु बाट के अनुमान लगाउन सकिन्छ भने परिषद सदस्य सचिवज्यू राजनैतिक स्टेटमेण्ट बाट खेलकुद चलाउन खोज्दै हुनुहुन्छ । उधारो हैन हाताहात भन्ने सदस्य सचिवज्युको आज नगद भोली उधारो भन्ने मन्तव्य लाई के भन्ने ? आज भन्दा ३ वर्ष अगाडीको नगद पुरस्कार ५लाख,३ लाख,२ लाख अब १० लाख ,५ लाख ,३ लाख बनाउन के समस्या छ ? प्रशिक्षकहरुका लागि न्युनतम एक मोटर साइकल दिनुमा के समस्या छ ? वार्षिक बजेटमा सर्वा्धिक मेडल जित्ने संघलाई २०,००,००० विस लाख थप दिनुमा के समस्या छ ? (उदाहरणका लागि मात्र रकम उल्लेख गरिएको हो ) परिषदले यो भन्दा अब्बल निर्णय पक्का गर्नेछ ।

३१७ स्वर्ण मा ५० स्वर्णको अपेक्षा छ भने करिब ६ अर्बको बजेट अनि आवश्यक मात्रमा थप रकम दिन सकिने भन्ने भनाई यदि साच्चै खेलकुदमा सर्म्पित भएर बोलिएको हो भने २० देखी २५ करोड रुपैयाको बजेट खेलाडीर प्रशिक्षको पुरस्कारको लागि व्यवस्था किन हुन सक्दैन ? राष्ट्रियताका सबालमा संसारमा त्रिकोणको झण्डा उठाएर नाकबन्दी पनि भुलाईदिने खेलाडी र खेलकर्मीहरुको उत्साहलाई सिमाका आसपासमा गतिलो झापड हान्ने अवसरलाई एकाध करोडका विषयमा रोकिनु जायज हुन्न । अनेकन शिर्षकमा बजेट विनियोजन गरेर आफ्नो पदिय चर्चा र प्रतिष्ठामा सोच्नु भन्दा वा त्यस प्रकारका विषयहरुमा खर्च गरिनु भन्दा युद्धमा होमिएका सिपाही र तिनका गुरुहरुका नाममा सम्बोधन हुनु सच्चा खेलकुद नेतृत्वको धर्म हो । यसमा कोहि किन चुक्नु ।व्यवस्थापनमा चुकेको परिषद खेल, खेलाडी र प्रशिक्षकका सम्बन्धमा नझुकोस् ।