कास्की–२ नेकपाकी उम्मेदवार विद्याको अग्रता

503
views

पोखरा, १४, मंसिर । कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचनमा नेकपाकी उम्मेदवार विद्या भट्टराईको अग्रता रहेको छ । पछिल्लो मत परिणाम अनुसार भट्टराईको ८ हजार २ सय ६५ र नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले ३ हजार ६ सय ८२ मत प्राप्त गरेका छन ।

समाजवादी पार्टीका धर्मराज गुरुङले १७२, राप्रपाका रोम बहादुर भण्डारी १८६, साझा पार्टीकी रजनी केसीले ११० मत पाएकी छिन् ।

पोखरा महानगरपालिकाको वडा नं ३३, २१ र २० को १२ हजार ६ सय २५ मत गणना भएको हो । मतगणना जारी छ ।