बागलुङ २ ‘ख’ प्रदेशसभा सदस्यको मतगणना सुरु

637
views

बागलुङ, १५, मंसिर । बागलुङ जिल्लाको क्षेत्र नं २ ‘ख’ प्रदेशसभा सदस्यको उपनिर्वाचनको मतगणना सुरु भएको छ । जिल्ला समन्वय समितिको कार्यालयमा मतगणना शुरु भएको हो ।

ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका रहेको यस क्षेत्रमा ३५ हजार १ सय ८४ मतदाता रहेका छन । सो क्षेत्रमा २१ हजार ८ सय ९५ मत खसेको थियो ।