माटोको ढिस्कोले पुरिएर पोखरामा ५ जनाको मृत्यु

704
views

कास्की । कास्कीको पोखरा उपमहानगरपालिका–२० मौजा बिसौनामा पाँचजनाको कामदारको मृत्यु भएको छ । बाटो स्तरोन्नतीको क्रममा माटोको ढिस्कोले पुरिएर पाँच जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गणेश ओली, खिमलाल बस्नेत, जीतबहादुर बस्नेत, जगेन्द्र बुढाथोकी र तोवन बस्नेत रहेका छन् । भलामबाट मौजा पुग्ने सडकखण्डको स्तरोन्नतीका लागि पर्खाल लगाउने क्रममा कामदारलाई माथिबाट खसेको ढिस्कोले पुरेको प्रहरीले जानकारी दिएको छ । दुईजनाले भागेर ज्यान जोगाएका छन् ।

पुरिएर मृत्यु हुनेहरु सल्यानवाट वाटो निर्माणको कामका लागि पोखरा आएका मजदुरहरु हुन् । नाली खन्ने क्रममा माथिबाट झरेको ढिस्कोमा उनीहरु पुरिएका हुन ।