कास्की २ प्रतिनिधि सभामा विद्या भट्टराई निर्वाचित

626
views

पोखरा, १६, मंसिर । कास्की २ को प्रतिनिधिसभा सदस्यमा नेकपाकी उमेदवार विद्या भट्टराई निर्वाचित भएकी छन् । भट्टराईले ८ हजार ४ सय ३ मतान्तरले निर्वाचन जितेकी हुन् ।

उनले २४ हजार ३ सय ९४ मत ल्याइन भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९ सय ९१ मत पाए ।

यस्तै समाजवादी पार्टीका धर्मराज गुरुङले १ हजार ९ सय २२, राप्रपाका रोमबहादुर भण्डारीले १ हजार १ सय ५३, साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत ल्याए ।

शनिबार सम्पनन मतदानमा ४५ हजार ५ सय ६३ मत खसेको थियो । कास्की–२ मा ७१ हजार ८ सय ७१ जना मतदाता छन् । विजयी भएपछि भट्टराईले आफुले जनताको काम गर्ने बताए ।

नेपाली काग्रेसका उमेदवार खेमराज पौडेल विजयी भएपछि विद्यालाई माला लगाएर जनतासगँ गरेको बाचा पुरा गर्न शुभकामान दिए ।