नेपाललाई पाँचौं स्वर्ण

513
views

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले ५ वटा स्वर्ण पदक हात परको छ । सोमबार दिउँसो १ बजेसम्म भएको प्रतियोगितामा पदकको आधारमा नेपाल शीर्ष स्थानमा छ ।

कँरातेको व्यक्तिगत काता पुरुषतर्फ नेपालका मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाएका थिए । उनले पाकिस्तानका नियमातुल्हालाई फाइनलमा हराउँदै पहिलो स्वर्ण दिलाएका हुन् ।

त्यस्तै ट्रायथोलनमा नेपालकी सोनी गुरुङले स्वर्ण पदक जतिन् । तीन देशका प्रतिस्पर्धीलाई पछि पार्दै उनले स्वर्ण जितेकी हुन् ।

तेक्वान्डो पुम्सेमा कमले श्रेष्ठले स्वण जीतेका हुन् । त्यस्तै २३ वर्ष मुनीको महिला पुम्सेमा नेपालले गोल्ड मेडल हात पारेको हो ।

त्यस्तै पुरुष सिनियर कराँते अन्तर्गतको काता नेपालले गोल्ड मेडल हात पारेको छ । नेपालले श्रीलंकालाई पराजित गरेको हो । नेपालले २५ दशमलव ५४ अंक प्रप्त गर्यो। पराजित श्रीलंकाले २५ दशमलव २८ अंक मै सीमित भयो ।

यता भारत, श्रीलंका, बंगालादेश र पाकिस्तानले १–१ वटा गोल्ड मेडाल हातपारेका छन् । https://nagariknews.nagariknetwork.com बाट साभार