वन्यजन्तु चोरी शिकारी गर्दै हिँड्नेलाई स्थानियले लखेटे

721
views

निर्मल पौडेल
पर्वत । १६ मंशिर २०७६ भड्खोरे सामुदायिक वन कुस्मा नगरपालिका ७ मा लोपउन्मुख वन्यजन्तु तथा पंक्षीहरुको चोरी शिकारी गर्दै हिँड्दै गरेकालाई स्थानियले लखेटेका छन् ।

वनमा जाल थाप्दै हिडिरहेका २ जना लाई स्थानिय वनरक्षक शोभाकान्त शर्माले रङ्गेहात पक्राउ गरेको र अभियुक्त फरार भएको भड्खोरे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तेज गिरीले जानकारी दिए ।

लोपउन्मुख कालिज र मृगलाई पासो थाप्दै हिडेकाहरुलाई पक्राउ गरेर डिभिजन वन कार्यालयलाई वुझाउने तयारी गरिरहेका वेला निज फरार भएको गिरीले बताए । उनीहरुको साथबाट १० थान जालपासो र झोला बरामत गरिएको छ ।

भड्खोरे सामुदायिक वनमा ऐन विपरित वन्यजन्तुको चोरी शिकारी गर्नेलाई वन्यजन्तु ऐन २०२९ अनुसार कार्वाही गरिने समेत गिरीले बताए ।