अनुले दिलाइन् नेपाललाई करातेमा सातौं स्वर्ण

812
views

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेकी अनु अधिकारीले स्वर्ण पदक जितेकी छिन् । सातदोबाटोस्थित कर्भड हलमा भएको महिला ५० केजीभन्दा तल तौल समूहमा श्रीलंकाकी खेलाडीलाई हराउँदै अधिकारीले स्वर्ण जितेकी हुन ।

यसैगरी तेन्कवान्दोको पियर पुम्से प्रतिस्पर्धामा नेपालकी आयशा शाक्य र संजीव कुमार ओझाको जोडीले स्वर्ण पदक जित्न सफल भएको छ ।

हालसम्म नेपालले १३ स्वर्ण जितिसकेको छ । सोमबार ९ वटा स्वर्णका लागि भएको कराते खेलमा नेपालले ७ वटा स्वर्ण जित्न सफल भएको छ । दुईवटा स्वर्ण भने पाकिस्तानले जितेको छ ।

कराँतेको पुरुष कुमुतेमा नेपालले अर्को स्वर्ण पदक जितेको छ । ८४ केजीमाथिको समूहमा विप्लवमान श्रेष्ठले नेपाललाई स्वर्ण दिलाएका हुन् । उनले पाकिस्तानी खेलाडी वाइस मोहम्मदमाथि ६(५ को जित निकालेका हुन् ।