प्रमको भिडियो सन्देश, ‘स्वास्थ्यमा सुधार भएको छ’

881
views

काठमाडौं, १६, मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य बारे जानकारी दिदै स्वास्थ्यमा सुधार भएको बताउनुभएको छ । मनमोहन कार्डियो भास्कुलर तथा टान्सप्लान्ट सेन्टरको गहन उपचार कक्षबाट भिडियो सन्देश जारी गर्दै यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्रीको आधिकारीक वेभसाइटमा ट्वीट मार्फत जारी भिडियो सन्देशमा प्रधामन्त्री ओलीले आफू अहिले साथिभाइहरूसँग कुरा गर्न, समाचारहरू हेर्न सक्ने अबस्थामा रहेको बताउनु भएको छ ।

सन्देशमा प्रधानमन्त्रीले आफूले आइतबारको साफ खेलकुद लाइभ हेरेको र साफको उद्घाटन सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै उद्घाटन गरिदिनु भएकोमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा सहभागी सबैलाई धन्यवाद दिनु भएको छ ।