छाउगोठमा एक महिलाको मृत्यु

703
views

अछाम,१७, मंसिर । महिनावारी भएका बेला छाउगोठमा बसेकी अछामकी एक महिलाको निसासिएर मृत्यु भएको छ । साँफेबगर नगरपालिका वडा– ३ की २१ बर्षिया पार्वती बुढा रावतको गए राति छाउगोठमा मृत्यु भएको हो ।

छाउगोठमा आगो बालेर ताप्ने क्रममा निसासिएर उनको मृत्यु भएको हो । छाउगोठको ढोका फोडेर उद्धार गर्न जादा उनको मृत्यु भैसकेको आफन्तले जानकारी दिए ।

मुलुकमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहदा छाउगोठमै एक युवतीको ज्यान गएको छ ।