कमुरी आँधीका कारण फिलिपिन्समा दुईलाख मानिस प्रभावित

446
views

एजेन्सी । कमुरी आँधीका कारण फिलिपिन्समा दुई लाख भन्दाबढी प्रभावित भएका छन् । लुजोन टापुको दक्षिणी क्षेत्रबाट सुरु भएको आँधी देशको मध्य क्षेत्रतर्फ अघि बढेको छ । आँधीका कारण राजधानी मनिलामा रहेको अन्तर्रा्ष्ट्रिय विमानस्थललगायत सार्वजनिक यातायात पनि अवरुद्ध भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आँधीपछि बाढी र पहिरो आउने सम्भावना देखिएपछि हजारौं सर्वसाधारणलाई स्थानान्तरण गरिएको छ । आँधी प्रभावित क्षेत्रमा रहेका विद्यालय तथा सरकारी कार्यालयहरु बन्द गरिएको छ ।

१ सय ७५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधीले थुप्रै घरका छाना उडाएको छ । फिलिपिन्समा हरेक वर्ष आँधीले दुःख दिने गरेको छ । आँधीका कारण हजारौं मानिस प्रभावित हुने गरेका छन् ।