कुलपुजाका लागि हिडेको जीप दुर्घटना, १४ को मृत्यु

939
views

बागलुङ । जिल्लाको पश्चिम बडिगाडमा ग १ ज ५२१९ नम्वरको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । गुल्मीको इश्मा गाउँपालिका–५ दोहोली रिप कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिकातर्फ कुलपुजाको लागि जाँदै गरेको जिप भिमगिठेको घोकर्णामा दुर्घटना भएको हो ।

मध्यपहाडी लोकमार्गबाट करिब ३ सय मिटर तल खोलामा खस्दा गम्भीर घाइते भएका तीन जनालाई भने स्थानीय र प्रहरीले उद्धार गरी स्वास्थ्य संस्था तर्फ पठाएका छन् । दुर्घटनामा एक बालक हराइरहेका छन् ।

दुर्घटनामा ९ जना महिला ४ पुरुष एक बालक गरी १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक झविन्द भट्टराईले जानकारी दिए ।