बाग्लुङ दुर्घटना : मृत्यु भएका १० जनाको सनाखत

723
views

बाग्लुङ, १७, मंसिर । मंगलबार गुल्मी ईस्माबाट बुर्तिवाङ आउदै गरेको जीप भिङगिठे घोर्पानामा भएको दुर्घटनामा परी मृत्यु भएका १४ जना मध्ये १० जनाको सनाखत भएको छ । गुल्मी ईस्माबाट बुर्तिवाङ जाँदै गरेको ग १ ज ५२१९ नम्वरको जीप दुर्घटनामा परि गुल्मी जिल्ला इश्मा ५ वस्ने वर्ष २६ का चालक रेशम थापा, दोवाटा वस्ने वर्ष ४० को बसुन्धरा कार्कि, इश्मा ५ खाढुंगा वस्ने माया थापा, नवलपरासी वर्दघाट २ वस्ने वर्ष ६० को भुमा कार्की, बागलुङ बडिगाड ७ वस्ने वर्ष ५५ को नरमाया खत्री, गुल्मी इश्मा ४ वस्ने वर्ष ४० को सिता कार्की, इश्मा ४ वस्ने ६५ को झवि कार्की, ऐ.ऐ. बस्ने वर्ष ४५ कि भुमि कार्र्की, ऐ.ऐ. बस्ने वर्ष २५ को मिना वस्नेत, ऐ.ऐ. वस्ने वर्ष ६५ को धन बहादुर कार्की रहेका छन ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक झविन्द भट्टराईका अनुसार दुर्घटनामा ९ जना महिला ४ पुरुष एक बालक गरी १४ जनाको मृत्यु भएको छ र ३ जनाको उद्धार गरी उपचारर्थ बुर्तिवाङ पठाईएको छ ।

बाँकी चारजनाको सनाखत हुन सकेको छैन । जीप मध्यपहाडी लोकमार्ग देखि करिब ३ सय ५० मिटर तल बडीगाड नदीमा खसेको थियो ।

दुर्घटनामा घाइते हुनेहरुमा नवलपरासी वर्दघाट २ वस्ने वर्ष १८ को जीवन कार्की, गुल्मी इश्मा गापा वडा नं. ४ वस्ने वर्ष ८ को हिमाल कार्की, र सोहि स्थानमा वस्ने वर्ष २४ को निमा केसी रहेको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा इश्मा ४ तल्लो घर बाटामुनी वस्ने ६५ वर्षको धन बहादुर कार्की रहेको प्रहरीले जनाएको छ । घाइतेको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । घाइतेलाई हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारी गरिएको छ ।