हेमजामा आखाँ शिविर

602
views

गोबिन्द तिमिल्सिना
पोखरा, १८, मंसिर । हेमजामा अबस्थित ज्येष्ठ नागरिक समितिको आयोजना तथा हिमालय आँखा अस्पताल घारीपाटनको प्राबिधिक सहयोगमा हेमजामा मंगलबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । पोखरा महानगरपालिका २५ उपस्वस्थ्य चौकि हेमजा, मम्युनिटी सपोर्ट ग्रुप पोखरा र हेमजा भु.पु सैनिक कृषि सहकारीको सहयोगमा भएको शिविरमा कुल ३१४ जनाले आँखा जाँच गराएका थिए ।

जाँच गराएका मध्य ९७ जनालाइ चस्मा तथा ९० जनालाइ लौरी बितरण गरिएको ज्येष्ठ नागरिक समिति हेमजाका अध्यक्ष नीलकण्ठ पौडेलले हामीलाइ जानकारी दिए ।

उक्त अबसरमा २७ जनालाइ श्रवण यन्त्र बितरण गरिनुको साथै अन्य स्वास्थ जाच गरिएको थियो । उक्त शिबिरको लागि हिमालय आँखा अस्पतालका नेत्र बिशेषज्ञको टोलि खटिएको थियो ।