क्रान्तिकारी माओवादीको प्रदेश ४ को सम्मेलन शुरु

1207
views

पोखरा । नेकपा (क्रान्तिकारी माओवादी) को प्रदेश ४ को प्रथम प्रदेश सम्मेलन आज पोखरामा हुँदैछ ।सम्मेलनको क्रान्तिकारी माओवादीका नेता एवम् देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको क्रान्तिकारी माओवादी प्रदेश ४ का ईन्चार्ज एवम् सेक्रेटरी चन्द्रहरि सुवदीले बताए ।

२ दिन सम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ । सम्मेलनमा नवलपुर, कास्की, तनहँु, गोर्खा, लम्जुङ्ग, मनाङ्ग, मुस्ताङ्ग, पर्वत, स्याङ्जा, बाग्लुङ्ग, म्याग्दीका पाँच सय बढी प्रतिनिधिहरूको सहभागिता रहने छ ।