करातेमा अनुपमाले दिलाइन् दशौं स्वर्ण

574
views

काठमाडौँ । करातेको कुमिते ६७ केजी प्लस समूहमा नेपालकी अनुपमा मगरले स्वर्ण पदक जितेकी छन् ।

उनले एसियन गेम्सको कास्यपद विजेता पाकिस्तानकी खेलाडी नर्गिसलाई ६÷३ ले हराउँदै स्वर्ण जितेकी हुन् ।

उनले पहिलो खेलमा श्रीलंकाकी कुलाथुंगा बान्द्रलाई ७÷४ ले हराएकी थिइन् । करातेमा नेपालको यो दसौं स्वर्ण हो।