घट्यो सुनको मूल्य

428
views

काठमाडौं, १९, मङ्सिर । आज बिहीबार सुनको मूल्य २ सय रुपैँयाले घटेको छ । बुधबार छापावाला सुनको ७२ हजार २ सय रुपैँयामा कारोबार भएकोमा आज २ सय रुपैँयाले घटेर तोलाको ७२ हजार मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरि बुधबारको बजारमा तेजावी सुन ७१ हजार ९ सय मूल्यमा कारोबार भएकोमा आज २ सय रुपैँयाले घटेर तोलाको ७१ हजार ७ सय मूल्यमा कारोबार भइरहेको छ ।

बिहीबार बजारमा सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि घटेको छ । बुधवार प्रतितोला ८ सय ६५ मूल्यमा कारोबार भएकोमा आज १५ रुपैँयाले घटेर तोलाको ८ सय ५० मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।