भुटानविरुद्ध नेपालको शानदार जीत

365
views

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तेह्रौं संस्करणअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भुटानविरुद्ध शानदार जीत दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपाल १४१ रनले विजयी भयो ।

नेपालले पेश गरेको २३७ रनको लक्ष्य पछ्याएको भुटानले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाएर ९५ रन मात्र जोड्न सक्यो । उसका लागि रानजंग दोर्जीले सर्वा्धिक २७ रन जोडे । यसक्रममा उनले ४ वटा त छक्का नै प्रहार गरेका थिए ।

भुटानलाई लक्ष्यसम्म पुग्नबाट रोक्ने क्रममा पूर्वकप्तान पारस खड्काले २ तथा करन केसी, पवन सर्राफ र ललित राजवंशीले १(१ विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाएर २३६ रन जोड्यो ।

नेपाललाई विशाल योगफलतर्फ अघि बढाउने क्रममा लामो समययता फर्ममा नरहेका कप्तान ज्ञानेन्द्र मल्लले शानदार शतकीय पारी खेले ।

५३ बलको सामना गरेका ज्ञानेन्द्रले ८ छक्का र ५ चौकाको मद्दतमा १ सय रनको योगफल पूरा गरे ।

शतक पूरा गरेलगत्तैको बलमा छक्का प्रहार गरेका मल्ल अर्को बलमा आउट भए । ५५ बलमा ९ छक्का र ५ चौकाको मद्दतमा १ सय ७ रनको योगफल उनले जोडे ।

यसअघि पूर्वकप्तान पारस खड्का २८ बलमा ५७ रन जोडेर आउट भएका थिए । पारसले ९ चौका र १ छक्का प्रहार गरे ।

रोहितकुमार पौडेल ६ रन जोडेर आउट भएको पारीमा दीपेन्द्रसिंह ऐरीले ४५ र आरिफ शेखले ४ रनको अविजित पारी खेले । यसअघि पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो ।