कालिगहिराको पानी तीनसय मिटर उचाईको होश्राङदी पुग्यो

302
views

नवदृष्टि संवाददाता
पर्वत, २१, जेठ । स्थानीयले खोंचको पानी उचाईमा आउँछ भन्दा आश्चर्य मानिरहेका थिए । ओरालोमा बग्ने पानी उचाईमा आएर पिउन पाईने कुराले उपभोक्ता समिति गठन गर्दैगर्दा धेरैजना हाँसेको अहिलेजस्तै लाग्छ पर्वत होश्राङ्दीका स्थानीयको भनाई थियो । पर्वतको महाशिला गाउँपालिका–१ होश्र्राङदीमा बृहत लिफ्ट खानेपानी आयोजनाको ८० प्रतिशत काम सम्पन्न भएपछि यहाँका बासिन्दा अहिले निकै खुसी भएका छन् ।स्थानियको ४२ लाख रुपैयाँ र जनश्रमदान सहित साविकको जिल्ला बिकास समित पर्वत र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई अयोजनाको एककरोड ७७ लाख ९ हजार पाँच सय ९३ रुपैयाँ ६३ पैसा लागतमा लिफ्ट खानेपानी आयोजनाको निर्माणकार्य थालिएको वास ईन्जिनियर दिनेश तिमिल्सिनाले बताए । उनले होश्र्राङदीका ८४ घरधुरीलाई प्रर्याप्त खानेपानीको बितरण गर्ने लक्ष्यका साथ भाद्रसम्मको सम्झौता भएपनि असार मसान्तभित्र सम्पन्न गर्ने गरी काम भईरहेको जनाइएको छ ।आयोजनाको कलेक्सन टेम्बर, ईन्टेक र बिजुली भवन निर्माण, पाईप बिछ्याउने बिधुत लाईनको तार जडान सकिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष ईश्वरी भुषालले बताए । आयोजनाको २ ओटा भण्डारण टंकी र घर घरमा धारा जडानको काम बाकीँ रहेको ले समयमा नै निर्माणकार्य सम्पन्न हुने भुषालले बताए ।स्थानीयलाई तीनसय मिटर तल रहेको कालिगहिरा मुहानबाट विद्युतीय मोटरले तानेको पानीलाई ट्यांकीमा भण्डारण गरि घरघरमा बितरण गरिने छ । लिफ्ट सिष्टमबाट खानेपानीको पहुँच विस्तारले घण्टौ समयको बचतसँगै समस्या सुल्झिएको स्थानिय टिकाराम भुषालले बताए । उक्त गाउँमा एक घर, एक धारा जडान हुने भएपछि स्थानीयलाई पानी बोक्नुपर्ने समस्याको अन्त्य हुने भएको छ ।