प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक

576
views

काठमाडौं, १९, जेठ । प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसद् सचिवालयले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । जेठ २० गते शनिबार उम्मेदवारी दर्ताका लागि बिहान ११ बजेदेखि साँझ ४ बजेसम्मको समय दिइएको छ । संसद सचिवालयले सार्वजनिक गरेको कार्यक्रम अनुसार शनिबार साँझ साढे ४ बजे उम्मेदवारको सूची प्रकाशित गर्नेछ भने २१ गते आइतबार निर्वाचन हुनेछ ।
नेपालको संविधानको धारा २९८ को उपधारा (३) बमोजिम व्यवस्थापिका संसदका सदस्यले प्रधानमन्त्री पदका लागि निर्वाचित गरियोस् भनी उम्मेदवारी दर्ता गराउन पाउने छन् ।