नेकपा (क्रान्तिकारी माओवादी) को गण्डकी प्रदेशमा–परियार

1069
views

शोभा जिसी
पोखरा । नेकपा ९क्रान्तिकारी माओवादी० को गण्डकी प्रदेशमा केशबहादुर परियार निर्वाचित भएका छन । पोखरामा सम्पन्न सम्मेलनले परियारको नेतृत्वमा २५ सदस्यीय प्रदेश कमिटि गठन गरेको छ । नवनिर्वाचित कमिटीले ९ सदस्यीय वैकल्पिक प्रदेश कमिटी समेत गठन गरेको छ ।

सम्मेलनको समापन कार्यक्रममा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका स्थायी कमिटि सदस्य एवम् देजमो नेपालका अध्यक्ष सिपी गजुरेलले अहिलेकै गतिमा क्रान्ति सफल नुहने भएकोले क्रान्ति सफल पार्नका लागि कार्यकर्ताहरुलाई सोही ढंगले आफ्नो जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिएका छन ।

कार्यक्रममा नवगठित समितिका प्रदेश सेक्रेटरी केशबहादुर परियारले प्रदेश ४ मा पार्टीलाई नयाँ उचाईमा लैजानका लागि आफू र नवगठित समितिको तर्फबाट प्रतिबद्धता गरेका थिए ।

बुधबारदेखि पोखरामा चलेको प्रदेश सम्मेलनको बन्द शत्र प्रदेश ४ का इन्चार्ज चन्द्रहरि सुवेदी ‘अटल’को अध्यक्षतामा भएको थियो ।

विहीबारको बन्द शत्रमा प्रदेश इन्चार्ज अटलले प्रस्तुत गरेका प्रतिवेदनमाथि छलफलपछि पाउक्त प्रतिवेदन पारित गरिएको थियो ।