खानेपानी अभावमा गेरु पानी पिउन बाध्य

2028
views

जितेन्द्र थापा
सुर्खेत, २०, मंसिर । दैलेखको ठाँटीकाँध गाउँपालिका वडा नं २ भिमापाइला टोलका स्थानियवासिहरु शुद्ध खाने पानीको अभाबमा विगत १८ वर्ष देखि गेरु अर्थात रातो (गेरु) पानी पिउँन बाध्य छन् ।

आसपास का क्षेत्रमा पानीका मुहानहरु नहुँदा २०६१ सालमा हेल्भटास नेपालको आर्थिक सहयोग र पूर्ण जन श्रम दानबाट निर्माण गरिएको खानेपानी हालसम्म पनि त्यहीं पानी प्रयोगमा आएको छ । यस्तो दुषित पानी पिउँदा यहाँका अधिकांश मानिसलाई विभिन्न प्रकारका पानी जन्य रोगहरुका लक्षण देखिन्छ पानी जस्तो संवेनशील कुरामा पनि तिनै तहका सरकारको ध्यान र जनप्रतिनिधिको चासोको विषय नभएको स्थानियले गुनासो गरेका छन् ।

२०६१ साल भाद्र ५ गते हेल्भेटास नेपालको सहयोगमा करिब २२ लाख लागतमा उक्त भितर वन गेरु खानेपानि आयोजना सम्पन्न भएको थियो । झण्डै ४१ घरधुरिले उक्त पानी अहिले पनि पिउँदै आइरहेका छन् । वर्षौं भयो खानेपानी आयोजना बनेको धेरै टिकायौं, स्थानीय गणेश देवकोटाले भने ‘अहिलेसम्म त बेला बेला मर्मत गरेर भएपनि त्यहि गेरु पानी पियौं, अहिले हामी त्यहि दुषित खानेपानी खान बाध्य छौं, यहि दुषित पानी रोगको कारणसमेत बनेको छ ।’

त्यस्तै गेरु खानेपानी उपभोक्ता समितिका अध्यक्ष नारायण जैसीले पनि त्यस्तै गुनासो गरे ‘खानेपानीको लागि पटक–पटक गाउँपालिकासामु पटक पटक निवेदन दिँदा पनि सुनुवाई भएन, अहिले पनि हामी त्यहि दुषित पानी पिउन बाध्य छौ ।’’