सल्यानमा लागु औषधसहित दुईजना पक्राउ

558
views

सल्यान । लागुऔषध अफिमसहित दुईजनालाई बागचौर नगरपालिका ५ बांगेलाखुरीबाट पक्राउ गरेको प्रहरिले जनाएको छ ।

रुकुमबाट काठमाडौं जाँदै गरेको बसमा लुकाइछिपाईगरि आगुऔषध लैजादैै गरेको गोप्य सूचनाका आधारमा बसमा चेकजाँच तथा खानतलासी गर्दा उनीहरूको साथबाट दुई किलो ४८ ग्राम अफिम बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा सल्यान शारदा नगरपालिका ७ कजेरीका २८ वर्षीय झक्कुप्रसाद बोहरा र बस चालक बागचौर नगरपालिका १० पिपलनेटाका ४५ वर्षीय टेकमप्रसाद शर्मा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बस चालक शर्माको झोलामा कालो प्लाष्टिकमा पोको पारी चालक सिट माथि डिक्कीमा लुकाएर ल्याएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । उनीहरू दुवैलाई इलाका प्रहरी कार्यालय थारेमारेको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।