नेपालले जित्यो ५००० मिटर दौडमा स्वर्ण र कास्य

413
views

काठमाडौं । नेपालले ५००० मिटर दौडमा स्र्वण र कास्य पदक जितेको छ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को ५००० मिटर दौडमा गोपीचन्द्र पार्कीले स्वर्ण र हरि रिमालले कास्य जितेका हुन् ।

पार्कीले निर्धारित दुरी १४ मिनेट ५४.२० सेकेन्डमा पुरा गरेका थिए । खेलमा भारतका सुनील दवालले १४ मिनेट ५५.२१ सकेन्डमा दूरी पार गर्दै रजत पदक जितेका छन् ।