प्रधानसेनापति र अमेरिकी सहायक रक्षामन्त्री बीच भेट

558
views

काठमाडौं । नेपालका प्रधानसेनापति र संयुक्त राज्य अमेरिकाका सहायक रक्षामन्त्रीबीच भेटवार्ता भएको छ । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र संयुक्त राज्य अमेरिकाको सहायक रक्षामन्त्री राण्डेल जि श्रीभरबीच जंगी अड्डामा भेटवार्ता भएको हो ।

उक्त भेटवार्तामा उहाँहरु बीच नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता, विश्व शान्ति स्थापनाका लागि नेपाली सेनाको भूमिका तथा नेपाली सेनालाई अमेरिकी सहयोग सम्बन्धमा छलफल भएको थियो ।

भेटघाट कार्यक्रमले नेपाली सेनाको विश्व शान्ति स्थापना कार्यमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।