दोस्रो राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सम्पन्न

283
views

पर्वत, १९ जेठ । बारा जिल्लाको निजगढमा सञ्चालित दोस्रो राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । सम्पन्न खेलमा पर्वतका बरिष्ठ तेक्वान्दो डोजाङ्ग गुरु हिटलर थापा प्रशिक्षित फलेवास तेक्वान्दो डोजाङ्गका खेलाडी मनोज नेपाली ५८÷६२ दितिय र प्रतिभा थापा ४०÷४३ केजीको तौलमा तृतिय स्थान हासिल गर्न सफल भएका छन् । यस्तै मदन गुरुङ प्रशिक्षित पर्वत तेक्वान्दो एकेडेमी कुश्माका खेलाडी दिपेश शाह ६२÷६५ र संगम थापा मगर ४३÷५८ केजी तौलको प्रतिष्पर्धामा तृत्तिय भएका छन् ।
तीनदिनसम्म सञ्चालित उक्त खेल निजगढको बुद्धचोकमा सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा पाँच विकास क्षेत्रका विभिन्न खेलविधाका खेलाडीहरुको सहभागिता रहेको थियो । खेलमा आयोजक प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।