कुलमानलाई नास्ट प्रविधि पुरस्कार

970
views

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर कुलमान घिसिङलाई यस वर्षको ‘नास्ट प्रविधि पुरस्कार’ प्रदान गरेको छ ।

विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई लोडसेडिङमुक्त बनाउन योगदान र्पुयाएकोले घिसिङलाई यो पुरस्कार प्रदान गरिएको हो । उक्त पुरस्कारको राशि एक लाख रुपैयाँ नगद र सम्मान पत्र रहेको छ ।

शिक्षा तथा विज्ञान प्रविधिमन्त्री एवं नास्टका सहकुलपति गिरिराजमणि पोखरेलले नास्टको ३७ औं वार्षिकोत्सवको अवसरमा ललितपुरमा आयोजित एक कार्यक्रममा घिसिङलाई पुरस्कृत गरेका हुन् ।