कोहलपुरमा तनाव, प्रहरी र विद्यार्थीबीच झडप

690
views

बाँके । कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिका गम्भीर घाइते भएपछि विद्यार्थीले ट्रकमा आगजनी गरेका छन् ।

कोहलपुरस्थि त्रिभुवन माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत बालिकालाई ठक्कर दिएको ट्रक नियन्त्रणमा लिई विद्यार्थीले जलाएका हुन । विद्यार्थीले गरेको प्रदर्शनमा प्रहरी र विद्यार्थीबीच झडप समेत भएको छ ।

प्रहरीले हवाई फायर गरिरहेको छ भने विद्यार्थीहरुले ढुंगामुडा गरिरहेका छन् । अहिले ठुलो संख्यामा विद्यार्थीहरु सडकमा आएका छन् । झडपमा प्रहरी समेत घाइते भएका छन ।