विकाससँगै जनताका आधारभुत आवस्यकताको परिपूर्ति गर्न सरकार अग्रसर : नेता हमाल

725
views

निर्मल पौडेल
पर्वत, २२, मंसिर । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पर्वत जिल्ला ईन्चार्ज गुप्त हमालले नेकपा नेतृत्वको सरकार विकास स समृद्धि संगै जनताका आधारभुत आवश्यकताको परिपुर्ति गर्न अग्रसर रहेको वताएका छन् । शनिवार कुस्मा नगरपालिका १२ ठुलिपोखरीको वडा कमिटीको पुर्ण वैठक तथा सपथ ग्रहण कार्यक्रमलाई सम्वोधन गर्दै हमालले यस्तो वताएका हुन् । हमालले वर्तमान सरकारले गरेका राम्रा काम नेता कार्यकर्ताको माध्यम बाट जनता सम्म पुर्याउनु पर्नेमा जोड दिँदै सरकारले जनभावना अनुसारको कामलाई तिव्रता दिएको उल्लेख गरे । सरकारले गरेका राम्रा काम जनताले थाहा नपाउँदा जनतामा निरासा पैदा भएको उल्लेख गर्दै केन्द्रीय सदस्य हमालले नेकपाका नेता कार्यकर्ताको माध्यमबाट जनतालाई उत्साहित गर्नु पर्नेमा जोड दिए ।

सरकारले थुप्रै राष्ट्रीय गौरबका योजनाहरु अगाडि सारेको र सम्पन्न गर्नको निम्ति अनुगमन निर्देशन दिएर अगाडि बढेको जिकिर गरे । संविधानले ग्यारेन्टी गरेका नागरिकका हक अधिकारहरुलाई नागरिक सम्म पुर्याउन र प्रत्यक्ष प्रत्याभुती गराउने काम नेकपाको सरकारले मात्र गर्ने ठोकुवा गर्दै नेकपा प्रती कोहि कसैले भ्रम नछर्न आग्रह गरे ।

कार्यक्रममा नेकपा गण्डकी प्रदेश सदस्य तथा पर्वत जिल्ला सचिब सुदिप कुँवरले दुई ठुला कम्युनिष्ट मिलेर बनेको शक्तिशाली पार्टी नेकपा सधै गरिब, दुखी र सर्बहाराको पक्षमा भएकोले कोही पनि जनता दुखी हुनु नपर्ने वताए। लामो समयको संघर्ष र वलिदानीबाट कम्युनिष्ट एकता भएको भन्दै कार्यकर्ता लाई सोचे अनुसारको पद र जिम्मेवारी दिन नसकिए पनि बाँकी सक्रीय नेता तथा कार्यकर्ताहरुको व्यवस्थापनमा नेकपा पर्बत लागि रहेको वताए ।

कार्यक्रममा पुर्व अनुुुशासन आयोगका सदस्य गणेश प्रसाद शर्मा, नेकपा गण्डकी प्रदेश सदस्य केशब कुवँर, मनोहर बि पौडेल, मेधनाथ सुवेदी, कार्यलय सदस्य भक्त कुँवर, गोबिन्द पहाडी, सचिवालय सदस्य ढाकाराम गौतम, शिव प्रसाद पौडेल, नेकपा नेता किशोर सापकोटा, नगर कमिटी अध्यक्ष शंकर गिरी, मिनराज केसी अविरल ,भगवती पौडेल लगायतले वोलेका थिए ।

नेकपा कुस्मा १२ वडा कमिटी अध्यक्ष गणेश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य रुद्र केसी र संचालन सचिव मनबहादुर केसीले गरेका थिए ।